‘बाँसको डोको’ सार्वजनिक

 भदौ ०९, २०७७


ओमप्रकाश गुप्ता, दाङ ९ भदौ ।

युवा पुस्ताले मन पराएका गायक दुर्गेश थापाको गीत ‘आलु जस्तो गायक’ यतिवेला निकै चर्चामा आएको छ। उक्त गीत सार्वजनिक भएको दुई दिनमै युट्युबमा सर्वाधिक हेरिएको मध्ये नम्बर एक मा छ । गीतमा गायक थापा सँगै नायक पल शाह, पुष्प खड्का र सारिका केसीको अभिनय छ ।


यसैक्रममा दुर्गेशकै अभिनय रहेको अर्को गीत ुबाँसको डोकोु पनि सोमबार सार्वजनिक भएको छ । लोक गायक साजन कुवँरको गीति एल्वम बाँसको डोकोमा समावेश गीतमा दुर्गेशलाई अभिनयमा दाङ देउखुरीका कलाकार नारायणी केसी र कमल परियारले सघाएका छन् । बाँसको डोकोमा गायक साजन कुवँर र शान्ति श्री परियारको स्वर रहेको छ भने संगीत पुजा गुरुङ र शव्द यज्ञ सापकोटाको रहेको छ ।

त्यस्तै निर्देशक दुर्गा श्रेष्ठ , क्यामरामेन सागर प्रधान, कोरियो ग्राफी सुरेश पाण्डे रहेका छन् भने पुनम अडियो,भिडियो प्रालिले यो गित उत्पादन तथा वितरण गरेको छ । गित दुर्गेश थापाको युटुव च्यालन मार्फत सार्वजनिक भएको छ । गितलाई दर्शक स्रोताले रुचाउन थालेका छन ।

https://www.youtube.com/watch?v=QPWmBqZRRUM

तपाईंको प्रतिक्रिया