सामुदायिक विद्यालयतर्फ मावि सेन्टर देशभरीकै उत्कृष्ट

 असोज ०२, २०८१

दाङ । यसबर्ष सार्वजनिक विद्यालयतर्फ दाङको तुलसीपुरस्थित मावि तुलसीपुर सेन्टर देशभरीमा प्रथम भएको छ । २०८० सालको माध्यमिक शिक्षा परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा मावि सेन्टर प्रथम भएको हो । विद्यालयका प्रधानाध्यापक भागबत पौडेललाई आज प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरेका छन् । उक्त विद्यालयले नगद तीन लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै, विश्वनिकेतन मावि काठमाडौँले द्वितीय स्थान हासिल गर्दै दुई लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र प्राप्त गरेको छ । तृतीय हुने दाङको शान्तिनगरस्थित जनकल्याण माविले एक लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र पाएको छ ।

तपाईंको प्रतिक्रिया