सगरमाथा बालबाटिकाले १८औं वार्षिकोत्सव मनायो
तुलसीपुर । तुलसीपुर–९ बेलुवामा रहेको सगरमाथा बालबाटिका इंग्लिस बोर्डिङ स्कुलले आज आफ्नो १८औं वार्षिकोत्सव मनाएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष यमकान्त खरेलको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख टिकाराम खड्काले बालबालिकाको सुन्दर भविष्यको लागि शिक्षक र अभिभावक समबन्ध सुमधुर हुनुपर्ने बताएका थिए । देशमा नै विक्नेखालको शिक्षा दिनुपर्ने आवस्यक रहेको बताएका थिए । कार्यक्रममा तुलसीपुर–९ का अध्यक्ष घनश्याम ढकालले विद्यालयले दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको बताए । तुलसीपुर–३ का वडा अध्यक्ष विजय विकले विद्यालयलाई नमुना शैक्षिक संस्थाको रूपमा विकास गर्न अभिभावकहरूको चासो र सहभागिता हुनुपर्ने बताएका थिए ।
विद्यालयको प्रतिबेदन प्रस्तुत गर्दै प्रधानाध्यापक छविकुमार वलीले रुचि अनुसार शैक्षिक क्रियाकलाप अघि बढाएको बताएका थिए । कितावी ज्ञान मात्रै नभई ब्यवहारीक सिपयुक्त शिक्षालाई समेत जोड दिदै आएको उनले बताएका थिए । उनले विद्यार्थीको शैक्षिक गुणस्तर सुधार गर्न नयाँ शिक्षण पद्धतिलाई प्राथमिकता दिदै संस्कारलाई समेत जोड दिएको प्रधानाध्यापक वलीले बताए । उनले खेलकुुद, संगित सगैं श्वास्थ्य कक्षाहरु समेत सञ्चालन गर्दै आएको बताए ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न कला संस्कृती झल्कने प्रस्तुती राखेका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका कार्यक्रम संयोजक शरद शर्मा मज्गैँयाले गरेका थिए । बार्षिकोत्सवको अवसरमा विद्यालयले यस अघि निशुल्क आँखा तथा दन्त शिविर समेत गरेको थियो ।




तपाईंको प्रतिक्रिया