तुलसीपुर उपमहानगरले शिक्षक दरवन्दी मिलान गर्दै
तुलसीपुर । तुलसीपुर उपमहानगरले शिक्षक दरबन्दी मिलान गर्ने भएको छ । नगरको शिक्षा समिति बैठकले शिक्षक दरबन्दी मिलान गर्नका लागि सामाजिक विकास समिति संयोजक मान बहादुर रावतको संयोजकत्वमा एक समिति गठन गरेको छ । जसको सदस्यहरुमा पदम बहादुर वली,विजयमान जिएम,भिमसरा बुढा, सदस्य सचिवमा शिक्षा महाशाखा प्रमुख चक्र बहादुर भण्डारी छन ।
जँहा विद्यार्थी त्यहा शिक्षक भन्ने अभियानका शिक्षक दरबन्दी मिलानको काम गरिने संयोजक रावतले जानकारी दिएका छन । नँया नियुक्ति भई आउने शिक्षक र कार्यरत रहेका शिक्षक विद्यार्थी संख्याका आधारमा मिलान गरिने उनले जानकारी दिए । यो समितिले दरवन्दी मिलानको खाका तयार पारी शिक्षा समितिमा पेश गर्ने छ । उपमहानगरको नगर शिक्षा यस अघि प्रधानाध्यापक ब्यवस्थापनको गरिसकेको छ ।




तपाईंको प्रतिक्रिया