जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीमा कोरोना

 भदौ १६, २०७७

तुलसीपुर,१६ भदौ ।

जिल्ला प्रशासन कार्यालय दाङमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखीएको छ । कार्यालयले जारी गरेको सुचनामा कार्यालयका एक अधिकृत कर्मचारीमा कोरोना देखीएको उल्लेख गरिएको छ । साथै कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयबाट प्रदान गरिने शान्ती सुरक्षा र मुद्धा लगाएतका अत्यावश्यक सेवा बाहेक अन्य सेवा अर्को सुचना जारी नभएसम्मका लागी भोली देखी बन्द गर्नेे प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको हस्ताक्षरितद्धारा जारी सुचनामा उल्लेख गरिएको छ ।

ती कर्मचारी बिदा लिएर केहि समय अघि चितवन गएको र स्वास्थ्यमा समस्या आएपछि चितवनमा कोरोना परिक्षण गराउदा संक्रमण पुष्टि भएको ।

तपाईंको प्रतिक्रिया