आन्दोलरत शिक्षकलाई मन्त्रालयले वार्तामा बोलायो

 चैत २०, २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलरत शिक्षकलाई वार्ताका लागि बोलाएको छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बिहीबार विज्ञप्ति जारी गर्दै आन्दोलन छाडेर वार्ताबाट समस्या सामाधान खोज्न नेपाल शिक्षक महासङ्घलाई आग्रह गरेका हुन् ।

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रतिनिधिसभामा पेस भई छलफलका प्रक्रियामा रहेकामा त्यसलाई यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट केही समयदेखि ध्यानाकर्षण गराउँदै आएको विषयप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाइएको छ ।

प्रवक्ता सापकोटाले विद्यालय शिक्षा विधेयक स्वीकृतिको पर्खाइमा रहेकाले यसका लागि सामूहिक सन्देश प्रवाह गर्न मन्त्रालय सदैव सकारात्मक रहेको उल्लेख गरेका छन् । उनले विधेयक संसद्मा पेस हुने, छलफल हुने र स्वीकृति हुने विधायकी प्रक्रियाका हुने भएको जनाउनु भएको छ । शिक्षकहरुले शिक्षक महासङ्घको नेतृत्वमा हिजोदेखि विद्यालय शिक्षा विधेयक चाँडै पारित गराउन काठमाडौँमा सडक आन्दोलन सुरु गरेका छन् ।

तपाईंको प्रतिक्रिया