तुलसीपुरमा कक्षा ८ को ग्रेडवृद्वि परीक्षा बैसाख ७ देखि
तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाले सार्वजनिक गरेको कक्षा ८ को नतिजामा तीन सामुदायिक विद्यालयले शून्य नतिजा ल्याएका छन्, भने ९० प्रतिशत उतिर्ण गराउने विद्यालयको संख्या एउटा मात्रै रहेको छ । मावि प्रतापकोट,माबि बेलझुण्डी, मावि पातु बनगाउँमा उतिर्णको संख्या शून्य छ । त्यस्तै पशुपति मावि हरीपौरीले ९४ प्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल भएको छ ।
अधिकांस सामुदायिक विद्यालयको नतिजा न्यून छ । नमूना भनिएका विद्यालयको अबस्था पनि कमजोर रहेको छ । साथै अवर्गिकृत हुने छात्राछात्रकाे ग्रेडबृद्वि परिक्षा बैसाख ७ गते देखि १० गते सम्म सञ्चालन हुने शिक्षा महाशाखा प्रमुख चक्र बहादुर भण्डारिले जानकारी दिए |

यस्तै संस्थागत विद्यालय अन्तर्गत कक्षा ८ को नतिजा अनुसार ६ वटा विद्यालयले एकसय प्रतिशत नै विद्यार्थी उतिर्ण गराउन सफल भएका छन् | त्यस्तै ३ वटा विद्यालयले ५० प्रतिशत पनि उतिर्ण गराउन सकेका छैनन् । तुलसीपुर उपमहानगरपालिका भित्र ५९ वटा विद्यालय रहेका छन् ।





तपाईंको प्रतिक्रिया