टिप्परको ठक्करबाट गम्भीर घाइते पाण्डेको उपचारको क्रममा मृत्यु
तुलसीपुर | दाङको तुलसीपुरमा टिप्परको ठक्करबाट गम्भीर घाइते भएका पाण्डेको उपचार मृत्यु भएको छ। तुलसीपुर–११ निवासी ५६ वर्षीय निम बहादुर पाण्डेको आज दिउँसो १ बजेतिर भारतको लखनउमा उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।
पाण्डे भदौ ८ गते तुलसीपुर उपमहानगरपालिका–१७ बेलझुण्डीमा सवारी दुर्घटनामा गम्भीर घाइते भएका थिए। तुलसीपुरबाट दुधरासस्थित सोना सिमेन्ट फ्याक्ट्रीतर्फ जाँदै गरेको ना १ ख ९३२० नम्बरको टिप्परले विपरित दिशाबाट आइरहेको रा ४ प ३७७९ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका पाण्डेलाई प्रारम्भिक उपचारका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा भर्ना गरिएको थियो। अवस्था गम्भीर भएपछि थप उपचारको लागि लखनउ लगिएको थियो। उनको टाउको, छाती र मुखमा गम्भीर चोट लागेको थियो।




तपाईंको प्रतिक्रिया