स्वर्गिय खिमा चौधरीको सम्झनामा श्रद्धाञ्जली सभा

 पुष १७, २०८२

तुलसीपुर । नेकपा (एमाले)का युवा नेता तथा बालमितेरी  माध्यमिक विद्यालय भोजपुरका विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ डुरुवा निवासी मनिराम चौधरीकी जीवनसंगिनी खिमा चौधरीको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा (एमाले) तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ का वडा कमिटी अध्यक्ष रूपलाल चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

श्रद्धाञ्जली कार्यक्रममा नेकपा (एमाले)दाङका उपाध्यक्ष मनोहर बुढाथोकी, बेस संस्थाका कोर्डिनेटर एवं सामाजिक व्यक्तित्व चुर्णबहादुर चौधरी, साबिक डुरुवा गाविसका अध्यक्ष रोहितकुमार चौधरी, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष लक्ष्मण चौधरी, नेकपा (एमाले) जिल्ला कमिटी दाङका सदस्य मङ्गलसेन डेमण्डौरा, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ का पूर्व वडाध्यक्ष परशुनारायण चौधरी, नेपाली कांग्रेस वडा नम्बर १५ का उपसभापति जुठीलाल चौधरीलगायतले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको थियो ।

स्वर्गीय खिमा चौधरीका माइला देवर एवं बुद्धिजीवी कुलबहादुर चौधरीले उहाँको जीवनीका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सहजीकरण नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ का वडा कमिटी सचिव सुशील बुढाथोकीले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया