एसईई नतिजाको अन्तिम तयारी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । सरकारले भोलिसम्म नतिजा सार्वजनिक गर्न अन्तिम ‘समयसीमा’ दिएको थियो । यसवर्ष चैत १९-२९ मा एसईई सम्पन्न भएको थियो । कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने, “सरकारले वैशाख २९ गतेभित्र एसईईको नतिजा सार्वजनिक गर्न अन्तिम समयसीमा दिएको थियो, त्यो सीमाभित्र नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेका छौँ, परीक्षार्थीको प्राप्ताङ्क ‘कम्प्युटर’ मा ‘इन्ट्री’ गर्ने काम सकिएको छ, कि कतै केही गल्ती छ कि भनेर रुजु गर्ने काम पनि करिब सकिएको छ, कुनै प्राविधिक समस्या नआए मंगलबार नतिजा सार्वजनिक गर्छौँ ।”
बोर्डको परीक्षा नियन्त्रण कार्यालयले नतिजा हेर्न ‘एसएमएस’ गरेर वा सिधै ‘वेबसाइट’ मा गएर एसईईको नजिता हेर्न सकिने व्यवस्था गरेको छ ।



तपाईंको प्रतिक्रिया