तुलसीपुर शिक्षा समितिमा केसी र ओझा मनोनित

 ९ घण्टा अगाडि

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको शिक्षा समितिमा दुई जना नयाँ सदस्य मनोनित भएका छन् । उपमहानगरपालिकाले गुरू जजुर माध्यमिक विद्यालय, रक्षाचौरका प्रधानाध्यापक विष्णु कुमारी केसी र माध्यमिक विद्यालय, कालाखोलाका प्रधानाध्यापक राजिव ओझालाई शिक्षा समितिको सदस्यमा मनोनित गरेको हो ।

शिक्षा समितिका तत्कालीन सदस्यहरू पदम बहादुर वली, हिमसरा बुढा र विजय जीएमको पदावधि सकिएपछि रिक्त रहेको स्थानमा  मनोनित गरिएको हो । यसैबीच, तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले मनोनित सदस्यद्वय केसी र ओझालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । बधाई दिँदै नगर प्रमुख खड्काले उहाँहरूको अनुभव र विज्ञताले तुलसीपुरको शैक्षिक क्षेत्रको विकास, नीति निर्माण तथा विद्यालयहरूको गुणात्मक सुधारमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

तपाईंको प्रतिक्रिया