बजार र सार्वजनिक सवारी साधन संचालनमा आउने

 भदौ २८, २०७७

तुलसीपुर,२८ भदौ ।

दाङमा भोलीबाट बजार र सार्वजनिक सवारी साधन संचालनमा आउने भएका छन । भोली बिहान ६ बेदेखि साँझ ७ बजेसम्म बजार, उद्योगधन्दा कलकारखाना खुल्ने र जिल्ला भित्र सार्वजनिक यातायातका सवारी साधनहरु पनि जोरबिजोर प्रणालीको आधारमा संचालनमा आउने प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जानकारी दिए ।

त्यस्तैगरी सम्पुर्ण सरकारी कार्यालय, संघसंस्थाको कार्यालय, बैंक तथा वित्तिय संघसंस्थाको कार्यालय पनि सन्चालनमा आउने भएका छन् भने विकास निर्माणका सम्पुर्ण कामहरु पनि सन्चालन हुने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिएका छन् । उनका अनुसार काठमान्डौ उपत्यकामा समेत लकडाउन खकुलो बनाईएको हुदा आफुहरुले पनि त्यसलाई मध्येनजर गदै सामाजिक दुरी र सजगता अपनाउदै लकडाउन खुकुलो बनाउने निर्णय गरेको उनले जानकारी दिएका छन् ।

दिनभर बजार खुल्ला भएपनि साँझ, सात बजेदेखी विहान ६ बजेसम्म अत्यवाश्यक सवारी साधन र व्यापार व्यवासायी बाहेक अन्य बन्द रहेछन् । साथै अर्को निर्णय नहुदा सम्म हाल सभा ,सम्मेलन,समारोह , भेला गर्न नपाईने उल्लेख गरिएको छ ।

जिल्ला अधिकारी रिजालको अध्यक्षतामा आज घोराहीमा बसेको सुरक्षा समितिको बैठकले लकडाउनलाई खुकुलो बनाउदै लैजाने निर्णय गरेको छ । बैठकले कोरोना माहामारीको जोखिम बढेकाले सवैले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह समेत गरेको छ ।

बैठकमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान प्रहरीका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । यस अघि गएको भदौ २१ गते जिल्ला सुरक्षा समितिको बैठकले आज राती १२ वजे सम्म लकडाउन गर्ने निर्णय गरेको थियो ।

तपाईंको प्रतिक्रिया