तुलसीपुरमा एक निर्माणाधीन घरको पानी ट्याङकीमा दुई जना मृत फेला
दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका– ६, रजौरामा निर्माणाधीन घरको पानीट्यांकीमा परेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान माल्टा घर भई हाल तुलसीपुर– ९, दोघरे निवासी कमल गिरी र सोही ठाउँका घनश्याम गिरी रहेको खुलेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार कमल ठेकेदार हुन् भने घनश्याम मिस्त्री हुन् । उनीहरू दुवैजनाले यसरी घर ठेक्का लिएर काम गर्ने गर्थे । उनीहरू दुवैजना दाजुभाइका छोराहरू हुन् ।
उनीहरू पानीट्यांकीको सेट्रिङ निकाल्न गएको अवस्थामा निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।




तपाईंको प्रतिक्रिया