गोरुको आक्रमणबाट ज्यान गुमाएका विकको परिवारलाई राहत उपलब्ध गराइने

 ९ घण्टा अगाडि

दाङ । तुलसीपुर उपमहानगरपालिका–११ हस्नापुर निवासी ७३ वर्षीय लोकबहादुर विकको आफ्नै  गोरुले हानेर मृत्यु भएपछि उनको  परिवारलाई तुलसीपुर उपमहानगरपालिका र वडा कार्यालयले राहत उपलब्ध गराउने भएको छ।

गोरुले आक्रमण गर्दा गम्भीर घाइते भएका विकको उपचारका क्रममा साउन १५ गते मृत्यु भएको थियो। घटनापछि तुलसीपुर–११ का वडाध्यक्ष मानबहादुर रावत र वडा सदस्यहरु  परिवारलाई समवेदना व्यक्त गर्न मृतकको घर पुगेका थिए ।

त्यस अवसरमा वडाध्यक्ष रावतले पीडित परिवारलाई वडा कार्यालयको तर्फबाट उपलब्ध हुने राहत प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । आर्थिक रुपमा समेत विक परिवार कमजोर रहेकाले सहयोगका लागि पहल गर्ने बताएका थिए । साथै, तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले पनि मृतकका परिवारलाई उपमहानगरपालिकाका  तर्फबाट आवश्यक राहत उपलब्ध गराइने बताएका छन ।

घटनाप्रति  दुःख व्यक्त गर्दै नगर प्रमुख खड्काले  परिवारप्रति समवेदना समेत प्रकट गरेका छन्।

तपाईंको प्रतिक्रिया