भोटेकोशी बाढीपीडितका परिवारलाई जनही १ लाख राहत
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले भोटेकोशी र त्रिशूली नदीको बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। आज बसेको ५२औँ कार्यपालिका बैठकले बाढीमा परी ज्यान गुमाएका तथा सम्पर्कविहीन भएका उपमहानगरवासीको खोज तथा उद्धारका लागि जनही १ लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो।
नगर प्रमुख टीकाराम खड्काको अध्यक्षतामा भर्चुअल माध्यमबाट बसेको बैठकले बाढी प्रभावित परिवारका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क शिक्षा उपलब्ध गराउने निर्णयसमेत गरेको छ।
सम्पर्कविहीन नागरिकको विवरण संकलन गरी सम्बन्धित परिवारलाई राहत उपलब्ध गराइने उपमहानगरपालिकाले जनाएको छ।




तपाईंको प्रतिक्रिया