भक्तपुरबाट ६८ ग्राम हेरोइनसहित ३ जना पक्राउ

 २ घण्टा अगाडि

काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले भक्तपुरबाट ठूलो परिमाणमा लागूऔषध हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका–१ बाट लागूऔषध खैरो हेरोइन खरिद–बिक्रीमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको हो।

उनीहरूको साथबाट ६८.८३० ग्राम खैरो हेरोइन, नगद १० हजार रुपैयाँ, दुई थान डिजिटल तराजु र पाँच थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सप्तरी सुरुङ्गा नगरपालिका–६ का २६ वर्षीय अन्जनी नन्दन चौधरी, सप्तरी बलान–बिहुल गाउँपालिका–९ का २० वर्षीय निकेश यादव र सिरहा लहान नगरपालिका–१५ का २३ वर्षीय मुशान्त चौधरी रहेका छन्।

लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।

तपाईंको प्रतिक्रिया