माध्यमिक विद्यालय तुलसीपुर सेन्टरमा ३९ सदस्यीय सिर्जना युवा क्लब गठन
तुलसीपुर । विद्यार्थीहरूको नेतृत्व विकास, सक्रिय सहभागिता, व्यक्तित्व विकास तथा सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले माध्यमिक विद्यालय तुलसीपुर सेन्टरमा ३९ सदस्यीय सिर्जना युवा क्लब गठन गरिएको छ । नवगठित क्लबको अध्यक्षमा मेघराज कवर, उपाध्यक्षमा मोतीराम केसी, सचिवमा सरस्वती बस्नेत, सहसचिवमा पुनम गौतम र कोषाध्यक्षमा लीला चलाउने चयन हुनुभएको छ।
क्लब गठनपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेशकुमार रावत र प्रधानाध्यापक भागवत पौडेलले नवगठित क्लबका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।
उहाँहरूले विद्यार्थीहरूमा नेतृत्व क्षमता, सिर्जनशीलता, अनुशासन, सहकार्य र सामाजिक चेतनाको विकास गर्न युवा क्लबले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै विद्यालयका शैक्षिक, अतिरिक्त क्रियाकलाप तथा विभिन्न सामाजिक अभियानमा सक्रिय सहभागिता जनाउँदै विद्यार्थीको प्रतिभा र क्षमतालाई उजागर गर्न आग्रह गर्नुभयो।
क्लबले विद्यार्थीका आवाज, विचार र प्रतिभालाई संगठित गर्दै विद्यालयको शैक्षिक तथा सामाजिक गतिविधिमा सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।
नवगठित क्लबले विद्यार्थीहरूको व्यक्तित्व विकाससँगै विद्यालयको समग्र विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।


तपाईंको प्रतिक्रिया