लेनदेन मुद्धामा फरार अभियुक्त पक्राउ

 माघ ०८, २०७७

तुलसीपुर ।

लेनदेन मुद्धामा फरार अभियुक्तलाई प्रहरीले दुई वर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ बस्ने ४५ बर्षिय राजेन्द्र केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । फरार अभियुक्तलाई प्रहरीले मालपोत कार्यालय तुलसीपुर नजिकैबाट पक्राउ गरेको हो ।

लेनदेन मुद्धामा उनी विरुद्ध दाङ देउखुरी जिल्ला अदालतले २०७५ फागुन ७ गते लेनदेन मुद्दामा दोषी ठहर गदै १४ लाख ८० हजार जरिवाना फैसला गरेको थियो । लुकीछिपि बस्दै आएका उनलाई विशेष सुचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

तपाईंको प्रतिक्रिया