दाङमा भएको बस दुर्घटनामा २ जनाकाे मृत्युु

 चैत २०, २०७७

तुुुुलसीपुर ।
दाङमा बस दुर्घटनामा परि २ जनाकाे ज्यान गएकाे छ । घाेराहि बाट लमहि जादै गरेको लु १ ख ९८६३ नम्बरको यात्रु बस लमही घोराही सडक खण्डको मुसोट नजिकै दुर्घटना भएको हाे । दुर्घटनामा परि २ जनाको घटनास्थलमै ज्यान गएको छ भने दर्जन यात्रु घाइते भएकाेे जिल्ला प्रहरीले जनाएको छ ।

ज्यान जानेहरुको नाम ठेगाना खुल्न सकेको छैन । आज अपरान्ह करिब साढे पाँच बजे तिर दुर्घटना भएको हो । अहिले घटनास्थलमा प्रहरी पुगेको छ । घाइतेहरुलाई लमही अस्पतालमा ल्याउने क्रम भैरहेको छ । घटनाको थप बिवरण आउन बाकी छ ।

तपाईंको प्रतिक्रिया