होटल व्यवसायलाई पर्यटनसंग जोड्नुस: पोख्रेल

 चैत २८, २०७७

दाङ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले होटल व्यवसायलाई पर्यटन संग जोड्न फरक र रचनात्मक योजना बनाउन व्यवसायीलाई आग्रह गरेका छन् । दाङको राप्ती गाउँपालीकामा होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशको प्रथम साधारणसभा तथा अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन ।

बाध्यताको होटल नभएर पर्यटन व्यवसाय संग जोडिएर घर भन्दा बाहिर मानिस निस्कने वातावरणको सृजना गर्नेगरी होटल व्यवसायको प्रवर्द्धन गर्न आग्रह गरे । अवको पाँच महिना पछि गौतमबुद्द अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने जानकारी दिदै उनले पर्यटकहरुको सिधै पहुँच पुगेपनि पर्यटकलाई लक्षित गरेर सुविधा सम्पन्न होटल व्यवसायको अभावको चुनौती रहेको बताए ।

तपाईंको प्रतिक्रिया