कोरोना महामारीयताकै सबैभन्दा धेरै संक्रमित अाज थपिए

 बैशाख १९, २०७८

तुलसीपुर । विगत २४ घण्टामा नेपालमा थप ७,२११ कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । याे कोरोना भाइरस महामारीयताकै सबैभन्दा धेरै सङ्क्रमण पुष्टि हो ।

उक्त अवधिमा २७ जनाको कोभिड-१९ का कारण निधन भएको पनि मन्त्रालयले जनाएको छ । एन्टीजन र पीसीआर विधिबाट गरी कुल १६, ७७० जनामा परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यसमध्ये १६,१४७ जनाको पीसीआर र ६२३ जनाको एन्टीजन परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । पीसीआर विधिबाट ७,१३४ र एन्टीजन विधिबाट ७४ जनाको सङ्क्रमण पुष्टि भएको हो । हालसम्मकै सबैभन्दा धेरै गत बिहीवार ३५ जनाको कोभिड-१९ का कारण मृत्यु भएको विवरण आएको थियो ।

तपाईंको प्रतिक्रिया