१ लाख ३९ हजार रकम सहित ६ जुवाडे पक्राउ

 जेठ २३, २०७८

तुलसीपुर ।
दाङमा एक लाख बढी रकम सहित ६ जुवाडे पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका १५ स्थित गौरीदिप होटलमा जुवा खेलिरहेको अवस्थमा शनिबार बेलुका ६ बजे १ लाख ३९ हजार सात सय रुपैँया सहित ६ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ निवासी ४१ वर्षिय सुधिर न्यौपाने , सोही ठाउँ निवासी ३२ वर्षिय सन्तोष पराजुली, ४५ वर्षिय प्रकाश पोख्रेल, २९ वर्षिय भिम खत्री, २४ वर्षिय होमराज रोका र होटल संचालक २९ वर्षिय दिपक थापा रहेका छन् । उनीहरुको साथबाट एक गद्यी तास, नगद बरामद गरेको प्रहरीले बताएको छ ।

तपाईंको प्रतिक्रिया