मोडल निशा नर्भिक अस्पताल भर्ना

 जेठ २७, २०७८

काठमाडौं । भारतको देहरादुनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकी मोडल निशा घिमिरेको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार सुरु भएको छ । अढाई वर्ष अघि मोडलिङ पढ्न देहरादुन पुगेकी निशाको त्यहाँ सडक दुर्घटनामा परी ‘ब्रेन इञ्जुरी’ भएको थियो ।

निशाका बुवा राजु घिमिरेका अनुसार बिहीबार दिउँसो निशालाई नर्भिकमा भर्ना गरिएको छ । ‘देहरादुनमा दुर्घटना भएपछि त्यहाँ प्रारम्भिक उपचार गरेर काठमाडौंको ट्रमा सेन्टरमा ल्याई बाँकी उपचार गर्यो । त्यसपछि छोरीलाई घरमा लगेर रेखदेख गरिरहेका थियौं’, राजुले भने ।

राजुले हालसम्म निशाको उपचारमा करिब ३० लाख रुपैंयाँ खर्च भइसकेको बताए । घरका चार सन्तानमध्ये निशा कान्छी हुन् । बाल्यकालदेखि नै मोडल बन्ने चाहना राखेकी उनले तीन दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।

तपाईंको प्रतिक्रिया