तालमा डुबेर एक बालकको ज्यान गयो

 जेठ २९, २०७८

ओम प्रकाश गुप्ता,लालमटिया ।
देउखुरीमा एक बालकको तालमा डुबेर ज्यान गएको छ । ज्यान जानेमा राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया निवासी अर्जुन चौधरीका छोरा अन्दाजी ५/६ वर्षिय बालक अविनाश चौधरी रहेको प्रहरीले जनाएको छ ।

आज दिउँसो १ः४५ बजेको समयमा लालमटिया स्थित हर्षेडाँडामा रहेको तालमा पौडी खेल्ने क्रममा चौधरीको डुवेर ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । मृतकको शवलाई लमहीमा पोष्टमार्टम पछि परिवारको जिम्मा लगाई सकेको प्रहरीले जानकारी दिएको छ ।

तपाईंको प्रतिक्रिया