दाङमा ३५ हजारलाई कोरोना खोप दिने तयारी (अडियो सहित)

 साउन ०३, २०७८

तुलसीपुर । आज देखी कोरोना भाईरस विरुद्धको खोप लगाईने भएको छ । ५५ बर्ष माथिका सवै नागरिकलाई खोप दिईनेछ । यस्तैगरी लक्षित समुह अन्र्तगत शिक्षक,कर्मचारी, यातायात व्यवसायी, यातायात मजदुर, यस अघि खोप लगाउन छुटेका लक्षित समुहले पनि खोप लगाउने पाउनेछन् । सवै नागरिकलाई पाएक पर्ने गरी स्थानिय तहका प्रत्येक स्वास्थ्य संस्था तथा अस्पतालहरुबाट खोप दिईनेछ ।

यता,स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लामा ३५ हजार जनालाई खोप लगाउने तयारी भएको छ । सोहि अनुसार जिल्लाका दश वटै स्थानिय पालिकाका खोप केन्द्रबाट खोप दिने तयारी भएको श्वास्थ्य कार्यालय दाङका प्रमुख अंगद बहादुर शाहीले बताउनुभएको छ ।।

अडियो सुन्नुहोस

तपाईंको प्रतिक्रिया