यी हुन् देउवालाई विश्वासको मत दिने एमालेका २२ सांसद
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । देउवाले प्रधानमन्त्री नियुक्त भएको चार दिनमा प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका हुन् । देउवाले १६५ मत प्राप्त गरेका छन् । संसदमा उपस्थित २४९ मध्ये विपक्षमा ८३ र तठस्मा १ मत खसेकाे छ ।
नेकपा एमालेका २२ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । तीमध्ये ८ जना केपी ओली पक्षका छन् । बरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जनाले विश्वासको मत दिँदा नेपाल पक्षका १० जना सांसद भने मतदान बहिस्कार गरेर हिडेका छन् । योगेश भट्टराई, गोकर्ण विष्ट र राजबहादुर बुढाबाहेक अरुले देउवाको पक्षमा हस्ताक्षर गरेर राष्ट्रपति र अदालत समक्ष गएका थिए ।
देउवालाई विश्वासको मत दिने एमालेका सांसदहरु यस प्रकार छन् :
- माधव नेपाल
- विरोध खतिवडा
- मेटमनि चौधरी
- गोपाल बम
- भवानि खापुङ
- कलिा खातुन
- मुकुन्द न्यौपाने
- राम कुमारी झाक्रि
- प्रेम आले
- विनादेबि बुढाथोकी
- किसान श्रेष्ठ
- समिना हुसेन
- कल्यानि खड्का
- सरला यादव
- धन बहादुर बुढा
- लक्ष्मी चौधरी
- जिवनराम श्रेष्ठ
- पुष्पा कर्ण कायस्थ
- निरा जैरु
- पार्वति विसुंखे
- हिराचन्द्र केसी
- कृष्णलाल महर्जन
नेपाल प्रेसबाट
तपाईंको प्रतिक्रिया