बलिउडका ६ सेलिब्रेटी, जो लकडाउनमा घरमै गर्छन् एक्सरसाइज

 बैशाख २५, २०७७

मुम्बई । बलिउड कलाकार आफु पनि फिट रहन्छन् र प्रशंसकलाई पनि फिट रहन सल्लाह दिने गर्दछन् । त्यसका लागि उनीहरुको जोड एक्सरसाइजमा रहने गर्दछ । त्यसैले पनि उनीहरु सामाजिक सञ्जालमा अक्सर वर्कआउटका तस्बिर र भिडियो तस्बिर सार्वजनिक गर्ने गर्दछन् ।

कोेरोनाको कारण अहिले देशभर लकडाउन छ । यो समय जीम सेन्टरहरुमा ताला लागेका छन् । यस्तो अवस्थामा कलाकार कोही घरको छतमा वर्कआउट गर्दछन् भने कोही कोठामा योग अभ्यासमा रमाउने गर्दछन् । लकडाउनको समयमा पनि फिटनेशको लागि वर्कआउट गर्ने केही सेलिब्रेटीको चर्चा यहाँ गर्न खोजिएको छ ।

जाह्नवी कपुर :
अभिनेत्री जाह्नवी कपुरको बलिउड यात्रा भर्खर भर्खरको हो । तर पनि उनले धेरै फिल्म पाइसकेकी छन् । जसको कारण उनी धेरै बिजी हुने गर्दछिन् । वर्कआउटका लागि उनी अक्सर जीममा पसिना बगाउने गर्दछिन् । 
सारा अलि खान :

सारा अली खान बलिउड भित्रिएको केही समय मात्र भयो । फिटनेशका हिसावले सारा धेरैको प्रेरणाको श्रोत हुन् । किनभने उनले आफ्नो बडीलाई एकदमै फिट राख्न सफल भएकी छन् । यो लकडाउनको समयमा पनि उनी घरमा नियमित जीम गर्ने गर्दछिन् ।

शाहिद कपुर र मीरा राजपूत :

अभिनेता शाहिद कपुर र उनकी श्रीमती मीरा आफ्नो फ्यानलाई जीम गर्न हमेसा सुझाउने गर्दछन् । देशभर लाकडाउन भएपनि यो जोडी हरेक दिन नियमित वर्कआउट गर्ने र त्यसको भिडियो तथा तस्बिर सार्वजनिक गर्ने गर्दछन् । 

कट्रिना कैफः

अभिनेत्री कट्रीना कैफ पनि फिटनेशको मामलामा अगाडि छिन् । उनको फिट बडीले पर्दामा दर्शक आकर्षित गर्ने गर्दछ । कट्रिना जीममा घन्टौ पसिना बगाउने गर्दछिन् । यो समय उनी घरको छतमा वर्कआउट गरिरहेकी छन् ।

दीशा पटनी: 
दीशालाई फिटनेश लभर समेत भन्ने गरिन्छ । उनी आफ्नो बडी फिट राख्न धेरै मिहिनेत गर्दछिन् । उनी जीममा दैनिक पसिना बगाउने अभिनेत्री हुन् । यो लकडाउनको समय पनि उनी घरमा एक्सरसाइज गर्न भुल्दिनन् । 

तपाईंको प्रतिक्रिया