थप ९ जनामा कोरोना पुष्टि, सङ्क्रमितको संख्या २ सय ५८ पुग्यो

 जेठ ०२, २०७७

काठमाडौं, २ जेठ ।

नेपालमा थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय प्रयोगशाला टेकु र भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणमा ९ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय प्रयोगशाला टेकु र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बाँके नैनापुर वडा नम्बर १, ३ र ५ का २५ वर्षका दुई जना तथा १८, २०, २२, २७ , ३२ र ३६ वर्षका पुरुष र मकवानपुरका ३७ वर्षका पुरुष गरी थप नौ जनामा कोरोना पुष्टि भएको हो ।

उनीहरुको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका पनि उहाँले बताउनुभयो । योसँगै नेपालमा सङ्क्रमितको संख्या २ सय ५८ पुगेको छ । हिजो बेलुकी विराटनगरको कोशी अस्पतालमा उपचार गराइरहेका एक जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या ३६ पुगेको छ ।

तपाईंको प्रतिक्रिया