थप ९ जनामा कोरोना संक्रमण पुष्टि

 जेठ ०८, २०७७

तुलसीपुर , ८ जेठ ।

अाज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । रुपन्देहीमा १ र झापामा ८ जना सङ्क्रमित थपिएका हुन । हाल सङ्क्रमितकाे सङ्ख्या ४ सय ५३ पुगेको देवकोटाले जानकारी दिएका छन ।
यसअघि बिहीबार बिहान पनि १७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको थियो ।

तपाईंको प्रतिक्रिया