थप २७९ जनामा कोरोना, संक्रमित ४३६४ पुग्यो
तुलसीपुर,२८ जेठ ।
नेपालमा बुधबार फेरि २ सय ७९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । मुलुकको विभिन्न ठाउँमा १२ महिलासहित थप २ सय ७९ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै मुलुकमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । कोरोनालाई जितेर अस्पतालबाट घर फर्किनेको संख्या बुधबारसम्म ६ सय ७४ पुगेको मन्त्रालयमा प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।
तपाईंको प्रतिक्रिया