दाङमा थप ५ जनामा कोरोना सङक्रमण पुष्टि

 जेठ २१, २०७७

दाङ,जेठ २१ ।

दाङमा बुधवार थप पाँचजनामा कोरोना सङक्रमण पुस्टी भएको छ । सङक्रमित सबै क्वारेनटाइनमा बसेको राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठान दाङले जनाएको छ ।

आज सङ्क्रमित हुनेहरु दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ७ निवासी १७ वर्षिय पुरुष, सोही गाउँपालिका वडा नम्बर ६ नि वासी २२ बर्षिय पुरुष, राजपुर गाउँपालिका वडा नम्बर ५ निवासी १९ बर्षिय महिला, सोही गाउँपालिका वडा नम्बर १ निवासी २७ बर्षिय महिला, सोही वडाका १९ बर्षिय पुरुष रहेको बताइएको छ ।

Advertisement

यस्तै प्युठानमा बुधवार पुनः दुईजना सङक्रमित फेला परेका छन् । माण्डवी गाउँपालिका वडा नम्बर १ निवासी २३ बर्षिय पुरुष, सोही गाउँपालिका वडा नम्बर २ निवासी २० बर्षिय पुरुषमा कोरोना सङक्रमण पुष्टि भएको हो । यता सल्यान कपुरकोट गाउँपालिका वडा नम्बर ६ निवासी २९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनिहरुको स्वाव परीक्षण गरिएको थियो । दाङमा हाल सम्म सङक्रमतिको संख्या ५६ पुगेको छ । यसैविच प्युठान जिल्ला माण्डवी गाउँपालिकाका दुईजना सङक्रमितलाई माण्डवी गाउँपालकामै स्थापना भएको आइसोलेसनमा लैजाने राख्ने तयारी भइरहेको छ ।

तपाईंको प्रतिक्रिया