पार्टि भन्दा राष्ट्र माथि भन्दै दाङमा प्रदर्शन
तुलसीपुर,२४ असार ।
प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा विभिन्न स्थानमा प्रदर्शन भैरहेको बेला आज दाङमा पनि प्रदर्शन गरिएको छ । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीको समर्थनमा दाङको घोराहीमा समर्थकहरुले प्रदर्शन गरेका हुन । स्वतन्त्र युवा विद्यार्थी अभियानको अगुवाईमा प्रदर्शन गरिएको हो ।
देशको मुहार फेर्नु छ शाथी,पार्टि भन्दा राष्ट माथि, लगायतका नारा लगाउदै उनीहरुले घोराही बजार परिक्रमा गरी कोणसभाको आयोजना गरेका थिए । सो अवसरमा उनीहरुले प्रधानमन्त्री ओलीलाई पाँच बर्षसम्म सरकार चलाउन दिनुपर्ने माग गरेका छन ।
अभियानका संयोजक गोविन्द बस्नेतको अध्यक्षतामा भएको कोण सभामा नागरिक समाज दाङका चन्द्र राज पन्त, मानव अधिकार दाङका संयोजक केशव कुमार शर्मा, बाम बुद्धिजिवी नेम कुमार न्यौपाने लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन बर्षात भण्डारीले गरेका थिए ।
तपाईंको प्रतिक्रिया