१५ किलो चरेससहित ६ जना पक्राउ

तुलसीपुर,१३ साउन ।
दाङमा प्रहरीले १५ किलो लागु औषध चरेससहित ६ जना पक्राउ परेका छन । घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्कस्थित रोल्पा नुवागाउँ होटलको कोठा नम्बर ६ बाट १५ किलो चरेससहित ६ जनालाई पक्राउ गरिएको पाँच नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा रोल्पा नगरपालिका १० का २२ वर्षीय आकाश बिक, २२ वर्षकै जितकुमार विक, थवाङ गाउँपालिका ५ का ४० वर्षीया कमला घर्ती, परिवर्तन गाउँपालिका ४ का ४५ वर्षीया जुनु बुढा, सल्यान वनगाढ नगरपालिका १२ का २८ वर्षीय डिलबहादुर बिक र नेपालगञ्ज उपमहानगरपालिका बाँकेका ४० वर्षीय सन्तोष गुरुङ रहेका छन् । ५ नम्बर प्रदेश प्रहरी व्युरोबाट खटिएका प्रहरी निरीक्षक प्रमोद कुमार क्षेत्रीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
लागु औषध कारोबारीको शैलीमा उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा राखेर अनुसन्धान र कारबाही प्रकृया सुरु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस अघि दाङको भालुवाङ क्षेत्रबाट रोल्पाका ४ जना परेका थिए ।
तपाईंको प्रतिक्रिया