दाङमा थपिए ३ संक्रमित

 भदौ ०३, २०७७

तुलसीपुर,३ भदौ ।
दाङमा आज ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको कोरोना परिक्षणमा बबई गाउँपालिकाका ३ जनामा कोरोना पुष्टि भएको हो । प्रतिष्ठानले जारी गरेको विज्ञप्ती अनुसार कोरोना पुष्टि हुनेमा वडा नम्बर ४ का १८ वर्षका दुई पुरुष र वडा नम्बर ३ का २६ वर्षका एक पुरुष रहेका छन् ।

बबईबाट ८० जनाको स्वाब संकलन गरिएकोमा १० जनाको परिक्षण गर्दा ३ जनामा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ ।

तपाईंको प्रतिक्रिया