फेरि ह्वात्तै बढ्यो सुनको मूल्य

 भदौ ११, २०७७


भदौ ११,काठमाडौं ।
केही दिनयता निरन्तर घटिरहेको सुनचाँदीको मूल्य फेरि बढेको छ । बिहीबार एकै दिन छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।

बुधबार ९६ हजार ८ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९७ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ ।  

त्यस्तै, तेजावी सुनको मूल्य बिहीबार प्रतितोला ९७ हजार १ सय रुपैयाँ तोकिएको छ । बुधबार तेजावी सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार १ हजार ३ सय १० मा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँ निर्धारण गरिएको छ ।

तपाईंको प्रतिक्रिया