दाङमा थप एक कोरोना संक्रमितको मृत्यु
तुलसीपुर ।
दाङमा थप एक कोरोना संक्रमितको ज्यान गएको छ । जिल्लाको लमही नगरपालिका वडा नम्बर ५ निवासी ५५ वर्षीय पुरुषको ज्यान गएको हो । केहि दिनदेखि स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि नेपालगंज मेडिकल कलेज कोहोलपुर लगिएको थियो ।
उनी उच्च रक्तचाप र मधुमेहरोगबाट ग्रसित थिए । असोज २७ गते पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेलले जानकारी दिएका छन । कोरोना देखिएपछि नेपालगञ्ज मेडिकल कलेज कोहोलपुरमा आइसोलेसनमा भर्ना भएका उनको शव अहिले अस्पतालमै राखिएको छ । यस अघि पनि लमहीमा एक पुरुषको ज्यान गएको थियो ।
तपाईंको प्रतिक्रिया