सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँले घट्यो
![](https://janamukhikhabar.com/wp-content/uploads/2020/06/sun-1024x512.jpg)
तुलसीपुर ।
![](https://janamukhikhabar.com/wp-content/uploads/2024/12/IMG_9008.jpeg)
नेपाली बजारमा सुनको भाउ एकैदिनप्रतितोला ३ हजार रुपैयाँभन्दा बढीले घटेको छ । हिजो प्रतितोला ९८ हजार २ सय रुपैयाँ मूल्यकायम भएको छापावाल सुनको भाउ आजभने ९४ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको भाउ ३ हजार ४ सय रुपैयाँले घटेको छ ।
त्यस्तै आज तेजाबी सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमाकारोबार भइरहेको महासंघले जनाएको छ । हिजोको तुलनामा आज चाँदीको भाउ पनि प्रतितोला ७० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार २ सय १५ रुपैयाँमा झरेको छ । नेपालमा यसअघि साउन २३ गते सुनको भाउअहिलेसम्मकै उच्च प्रतितोला १ लाख ३ हजार ५ रुपैयाँ पुगेको थियो ।
तपाईंको प्रतिक्रिया