रुसमा १ लाखभन्दा धेरै नागरिकलाई कोरोना विरुद्धको खोप दिइयो

 मङि्सर १९, २०७७

काठमाण्डाै ।

रुसमा एक लाखभन्दा धेरै नागरिकले रुसले नै विकास गरेको कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । रुसले गएको अगष्ट महिनामा नै कोभिड-१९ विरुद्धको खोप स्पुतनिक–भी निर्माण गरिसकेको थियो । खोप प्रभावकारी रहेको भन्दै रुसले त्यसलाई प्रयोगमा ल्याएको हो । गएको अगष्ट ११ मा नै रुसले खोप प्रयोगमा ल्याएको बताइएको थियो ।

यसरी रुस कोभिड–१९ विरुद्धमा खोप लगाउने विश्वकै पहिलो देश भएको पनि बताइएको छ ।रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले आफ्नो देशका नागरिकलाई खोप लगाएको बारेमा भिडियो पनि बनाएको र त्यसको लिङ्क पनि संयुक्त राष्ट्रसङ्घलाई दिइएको विभिन्न संचारमाध्यमले जनाएका छन् ।

गएको महिना मात्र खोपको प्रभावकारिताको बारेमा अनुसन्धान गरिएको थियो । रुसमा २३ लाखभन्दा धेरै व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भैसकेको छ ।

तपाईंको प्रतिक्रिया