हिंसापिडित महिला भन्छन- ”कहाँ गएर सुनाए हिंसा मुक्त भईएला”
दिप्तीशिखा चौधरी, दंगीशरण ।
दंगीशरण गाउँपालिको लैंगीक हिंसा विरुद्धको १६ दिने दिवस विभीन्न कार्यक्रम गरि मनाएको छ । पालिकाको महिला तथा बालबालीका तथा समाज कल्याण ईकाई शाखाले लैंगीक हिंसा विरुद्धको १६ दिने अभियानलाई सार्थक बनाउँनका लागि “म हिंसा सहने छैन, म हिंसा गर्ने छैन” भन्ने नाराका साथ प्रतिबद्धता हस्ताक्षर संकलन अभियानलाई सफल पारेको छ । अभियानलाई सफल बनाउँन गाउँपालिका र वडाहरुमा हस्ताक्षर अभियान संचालन गरेको हो ।
प्रतिबद्धता हस्ताक्षर अभियानमा दंगीशरण गाउापालिका उपाध्यक्ष एंव न्यायीक समितीका संयोजक पिमा कुमारी खड्काले दंगीशरणमा लैंगीक हिंसामा परेका नागरिकहरुको अवस्था बुझ्नका लागि वडाहरुमा यो अभियानलाई संचालन गरेको बताईन् । अभियानमा सहभागि महिलाहरु आफुहरु लामो समयदेखि हिंसामा पर्दै आएको र कहाँ गएर को संग सुनाएर हिंसामुक्त भईएला भन्ने कुराको थाहा नभएको बताए । आफनै गाउँमा जनप्रतिनिधि भएपनि न्याए पाउँने कुनै ठाउँ नदेखेको बताए । दंगीशरण गाउँपालिका वडा न. २ कि नाम नभन्ने शर्तमा एक महिलाले भनीन् । वडा न.६ र ७ का महिलाहरुले पनि उस्तै पिडा सुनाए ।
महिलाहरुको पिडा सुनिसकेपछि संघिय साझेदारी दंगीशरण गाउापालिका संयोजक माया चौधरीले आफु नखुल्दा सम्म समस्या जिउका तिउँ हुने बताईन् । समस्या बाहिर ल्याए मात्र समाधान हुन्छ , समय फेरीएसगैं अवका दिनमा महिलाहरु बाहिर खुलेर आउँन जरुरी रहेको उनले बताईन् ।
अभियानमा महिला मानव अधिकार रक्षक संजालकि सचिव पदमा चौधरीले हिंसालाई न्यूनिकरण गर्नका लागि स्थानीय तहले मूख्य भूमिका खेल्नुपर्ने बताईन् । विभीन्न संघ सस्ंथाले यस प्रकारको अभियानमा लागिपरे पनि अवका दिनमा स्थानीय निकाएले निती निर्माण गरि यस्ता खालका लैंगीक हिंसालाई निर्मूल पार्न सकिने बताईन् ।
यस्तै अभियान संचालनका क्रममा महिला पुनस्र्थापना केन्द्र ओरेकले गाउँपालिकासंग सहकार्य गरेर लैंगीक समानता तथा सामाजिक समावेशिकरण निति प्रारम्भिक मस्यौदा निर्माण कार्यदलको बैठक सम्पन्न गरेको छ । लैंगिक हिंसा ऋन्त्यको प्रतिबद्धता,ब्यक्ति,समाज र सबैको ऐक्यवद्धता भन्ने राष्ट्रिय मुल नाराका साथ आयोजना गरिएको बैठकमा महिला मानवअधिकारकर्मी शुष्मा गीरीले लैगींक समानता निती किन आवश्यक छ भन्ने विषयमा जानकारी गराईकि थिईन् । स्थानीय तहले लैंगीक शिंसा विरुद्धको निती निर्माण गर्दा विषयवस्तु, कारण, रणनिति, परिणाम, सीद्धान्त निर्माण गरेर मात्र निती बन्न सकिने बताईन् ।
सो अवसरमा दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दंगीशरणमा लैंगीक हिंसा न्यूनिकरण अभियानलाई सफल पार्नका लागि महिला मानवअधिकारको क्षेत्रमा काम गर्ने संघसस्ंथाहरुसंगको सहकार्यमा अगाडि बढ्ने बताए । लैंगीक हिंसा घरमा तथा समाजमै दवेर बस्ने जुन प्रचलन छ यसलाई उजागर गर्नु स्वयम हिंसा पिडितहरु अगाडि आए मात्र यस अभियानलाई १६ दिन मात्र नभई सधैँका लागि अभियानकै रुपमा संचालन गर्न सकिने बताए ।
यस्तै बैठकले लैंगीक समानता तथा सामाजिक समावेशिकरणनितीको प्रारम्भिक मस्यौदा निर्माण कार्यदल गठन गरेको छ ।
कार्यदलमा शिक्षा शाखा प्रमुख विनोद अधिकारी, कानुनी मामिला शाखाका किरण पोख्रेल, वडा न. १ वडा अध्यक्ष श्रीप्रशाद चौधरी, महिला बालबालिका तथा सामाजिक शाखाका चन्द्रा वली, आरेक नेपालकि ईश्वरी थापा, यूएसएआईडिका माया चौधरी र सल्लाहकारमा अध्यक्ष भागिराम चौधरी रहेका छन् । कार्यक्रमको शहजीकरण महिला बालबालिका तथा सामाजिक शाखाका चन्द्रा वलीले गरेकि थिईन् । अभियान अन्र्तगत अन्तीम दिन गाउँपालिकामा २५ गते दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ ।
तपाईंको प्रतिक्रिया