दाङका पालीका प्रमुख/उपप्रमुख को कता ?

 पुष १९, २०७७

तुलसीपुर ।

नेपाल कम्युनिष्ट पाटी(नेकपा) दुई समुहमा विभाजित भए सगैं नेताहरुको कित्ताकाट सुरु भएको छ । पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली एकातिर र पार्टीका अर्का अध्यक्ष पुषकमल दाहाल प्रचण्ड तथा बरिष्ठ नेता माधब नेपालको समुह अर्कोतिर हुदा दाङमा पनि पार्टीको तल्लो तह पनि विभाजित हुन पुगेको छ ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र बिचको एकताबाट बनेको नेकपा भित्र अहिले कित्ताकाट सुरु भएको हो । जिल्लामा दश वटा स्थानिय पालिका छन् । ती मध्ये स्थानिय निर्वाचनमा नेकपाले जिल्लामा दुई उपमहानगरपालिका सहित सात वटा पालिका जितेको थियो । जसमा तत्कालिन नेकपा एमालेले छ वटा र माओवादी केन्द्रले एउटा पालिकामा जितेको हो । अन्य तिन वटा पालिकामा भने कांग्रेसले जितेको छ । नेकपाबाट जितेका ७ पालीका मध्ये ६ पालीका प्रमुखको साथ ओलीलाई छ । यसरी नेकपा दुई समुहमा विभाजन हुदा जिल्लाका स्थानिय पालिकाका जनप्रतिनिधिहरु पनि विभाजित हुन थालेका छन ।

तत्कालिन नेकपा एमालेले जितेको स्थानिय तहका प्रमुखको साथ ओली पक्षलाई छ । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको समर्थन पनि ओली समुहलाई नै छ । घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी र तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे ओली समुहको केन्द्रिय सदस्य हुन । उनीहरु संगठन बलियो बनाउन खुलेर लागीपरेका छन् । यस्तैगरी बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल, लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर केसी, दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरी, गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवको ओली पक्षलाई सर्मथन छ ।

तर बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्त बहादुर वलीको भने प्रचण्ड माधव समुहलाई सर्मथन छ । उनी माओवादी केन्द्रबाट स्थानिय तहमा निर्वाचित भएका हुन् । स्थानिय तहमा नेकपाका उपप्रमुख पनि दुई समुहमा विभाजित छन । कतिपय स्थानिय तहको निर्वाचनमा नेकपाले उपप्रमुख तथा उपाध्यक्षमा ५ पालीकामा जितेको थियो । ती मध्ये गढवा गाउँपालीकाकि उपाध्यक्ष शान्ती चौधरी,बबई गाउँपालीकाका उपाध्यक्ष सावित्रा विश्वकर्मा,बंगलाचुली गाउँपालीकाका उपाध्यक्ष यमुना थापा प्रचण्ड माधव समुहको समर्थनमा छिन ।

यस्तै,घोराही उपमहानगरकि उपप्रमुख सिता सिग्देल न्यौपाने मौन छिन भने तुलसीपुर उपमहागरकि उपप्रमख माया शर्मा भने ओली पक्षको समर्थनमा छिन ।

तपाईंको प्रतिक्रिया