दाङमा नेकपाकाे बाेर्ड हटाई एमालेको होर्डिङ बोर्ड

 फागुन २४, २०७७


तुलसीपुर । सर्वोच्च अदालतले नेकपाको नामसम्बन्धी विवादमा ऋषि कट्टेलको पक्षमा फैसला गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङकाे पार्टी कार्यालयमा नेकपा एमालेको होर्डिङ बोर्ड राखिएको छ ।

घाेराहिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी कार्यालयमा सोमबार नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको नेकपाका युवा नेता जिल्ला सङगठन कमिटी सदस्य कमल केसीले जानकारी दिए ।

उक्त कार्यालय पहिले पनि एमालेकाे हाे । दुई पार्टी बिच एकता हुदा नेकपाकाे कार्यालय बनेकाे थियाे । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता तथा कार्यकर्ताहरुले नेकपाको पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखेका हुन् ।
नेता तथा कार्यकर्ताले सै पनि एमाले मै पनि एमाले भन्दै नाचगान समेत गरेका थिए । त्यस अवसरमा नेतृ मेनका पाेखरेल,अाेलि समुहका अध्यक्ष हुकुम बस्नेत ,सचिब मनाेहर बुढाथोकी ,नेताहरु बलिभद्र राणा,बिबेक श्रेष्ठ लगायतकाे सहभागीता थियाे ।

हिजाे सर्वोच्चले ऋषि कट्टेलको पक्षमा फैसला गर्दै निर्वाचन आयोगमा दर्ता रहेको केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपालाई साविककै अवस्थामा पु-याइदिएको थियो । सर्वोच्चको फैसला अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पूर्ववत् रुपमा साविककै स्वामित्वमा रहने गरी फैसला गरेको थियो ।

तपाईंको प्रतिक्रिया