विद्यालयको होस्टेलमा बसेकी बालिकाको अचानक मृत्यु

 बैशाख १२, २०७८

काठमाडौं ।

सरकारले जोखीम उठाएर अध्ययन अध्यापन नगराउन दिएको निर्देशन लत्याउँदै परिक्षा संचालन गरीरहेको रुपन्देहीको एक निजी विद्यालयको छात्रावासमा बस्ने बालिकाको शनिवार अचानक मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका नयाँमिलमा रहेको प्यारामाउण्ट बोर्डिङ स्कुलमा १० कक्षामा पढ्ने १५ वर्षीया प्रतिमा सापकोटाको शनिबार उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको विद्यालयले जनाएको छ । विद्यालयका सह प्राचार्य लीलाधर किराँतले बालिका बिरामी भएपछि शनिवार बिहानै अभिभावक बोलाएर जिम्मा लगाएको र अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको खबर पाएको बताए । यो समाचार नागरिक दैनिकमा छ ।

तपाईंको प्रतिक्रिया