बबई गाउँपालिकामा लकडाउन

 बैशाख १३, २०७८

तुलसीपुर ।
बबई गाउँपालिकामा आज बिहानदेखि लागु हुनेगरी लकडाउन गरिएको छ । गाउँपालिकामा कोरोना संक्रमितको संख्या र मृत्युदर बढ्न थालेपछि अर्को सूचना नभएसम्मका लागि लकडाउन गरिएको बबई गाउँपालिकाका प्रेस संयोजक प्रेम बहादुर राम्जाले जानकारी दिनुभयो ।

गाउँपालिकामा कोरोना संक्रमितको संख्या १९ पुगेको छ भने २ जनाको मृत्यु भएको छ । स्थानीय प्रशासन, उद्योगी , व्यापारीसंग समन्वय गरेर गाउँपालिकाले लकडाउन गरेको प्रेस संयोजक राम्जाले जानकारी दिनुभयो । गाउँपालिमा आजदेखि यातायात, पसल, उद्योग धन्दा सबै बन्द हुनेछन् ।

तपाईंको प्रतिक्रिया