एक लाख रुपैयाँ सहित तुलसीपुरबाट सात जुवाडे पक्राउ
तुलसीपुर । तुलसीपुर प्रहरीले नगद सहित सात जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सल्यान त्रिवेणी गाउँपालिका–१ घर भई हाल दाङ बबई गाउँपालिका १ बस्ने ४१ वर्षिय टोप बहादुर बोहरा, सल्यान शारदा नगरपालिका–१० घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कमा कोठा भाडा लिइ बस्ने ४१ वर्षिय गुप बहादुर चलाउने, सल्यान त्रिवेणी गाउँपालिका–१ निवासी ३७ वर्षिय धर्मराज थापा र सोही ठाउँ निवासी ३६ वर्षिय गुमान सिह बुढाथोकी रहेका छन् ।
त्यस्तै सल्यान शारदा नगरपालिका १० निवासी २६ वर्षिय दिपबहादुर चलाउने, सोही ठाउँ निवासी ३४ वर्षिय अम्मर राज खड्का र सल्यान शारदा नगरपालिका–११ घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कमा रातामाटा होटल संचालन गर्दै आएका ३५ बर्षीय सेतीराम बुढाथोकी रहेका छन् ।
शनिबार दिउँसो साढे ३ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कस्थित रातामाटा होटलबाट नगद एक लाख दुई हजार तीन सय पचासी रूपैँया सहित ७ जना जुवाडेलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालको कमाण्डमा खटि गएको प्रहरी टोलीले उनीहरुलाई तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क स्थित रातामाटा होटलबाट पक्राउ गरेको हो । पक्राउ परेकाको साथबाट प्रहरीले १ गड्डी तास बरामद गरेको छ ।



तपाईंको प्रतिक्रिया