नेपाल टी-ट्वेन्टी लिगबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

 पुष १९, २०७९

काठमाडौं, १९ पुस । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौंमा जारी नेपाल टी-ट्वेन्टी लिगमा स्पट फिक्सिङ भएको भनिएकोबारेमा छानबिन गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

मन्त्री लामिछानेले खेलाडीले तलब नपाएको, खेल ढिला भएको तथा रोकिएको र व्यवस्थापनमा भएको समस्याबारे विभिन्न मिडिया र सामाजिक सञ्जालमा खबरहरु बाहिरिएको भन्दै छानबिनका लागि निर्देशन दिएका हुन् ।

तपाईंको प्रतिक्रिया