श्रीलंकामाथि भारतकाे ९१ रनको सानदार जित

 पुष २३, २०७९

सूर्यकुमार यादवको सानदार शतकमा भारतले तेस्रो तथा निर्णायक टि२० आई खेलमा श्रीलंकामाथि ९१ रनको सानदार जित निकाल्दै सिरिज जितेको छ । तीन टि२० आई खेलको सिरिज भारतले २-१ ले जितेको हो ।

जितको लागि २ सय २९ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका १६.४ ओभरमा १ सय ३७ रनमा अल आउट भयो । श्रीलंका ओपनर कुशल मेन्डिसले १५ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २३ रन बनाए । कप्तान दासुन शानकाले १७ बलमा २ छक्कासहित २३ रन नै जोडे ।

अन्य श्रीलंका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

श्रीलंका दिलशान मदुशनकाले ४ ओभरमा ५५ रन खर्चेर २ विकेट लिए । वानिन्दु हसरंगाले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिए । कसुन रजिथाले ४ ओभरमा १ मेडनसहित ३५ रन खर्चेर १ विकेट लिए । भारत पहिलो खेलमा दुई विकेटले विजयी हुँदा दोस्रो खेलमा १६ रनले पराजित भएको थियो । अव तीन ओडिआई खेलको सिरिज हुनेछ । पहिलो खेल मंगलबार, दोस्रो बिहीबार र तेस्रो खेल आइतबार हुनेछ ।

तपाईंको प्रतिक्रिया