सीप सिकेर निस्कन चाहन्छन् बन्दी जीवन बिताएकाहरु

 पुष २७, २०७९

तुलसीपुर । रुकुम बाफिकाेट – ३ का ३० बर्षिय बिकास विक विगत  २ वर्षदेखि कारागार कार्यालय तुलसीपुरमा छन । उनि बन्यजन्तु कसुरमा कैद भुक्तान गरिरहेका छन । अब करिव ११ महिना पछि उनी बाहिर निस्कने  छन् । तर उनि घर फर्किदा  समाजमा आय आर्जन गर्ने खालकाे सीप सिकेर निस्कन् चाहन्छन ।  यद्दपि उनकाे चाहना ग्रीन फाउण्डेसन नेपालले पूरा गरिदिएकाे छ । कारागारमा कलमदानि,पुजाडालि तथा ढकिया बनाउने तालिममा सहभागी भई सीप सिक्ने उनले अबसर पाए ।

‘सीप त सिकियाे तर यस्काे निरन्तरता भए अझ राम्राे हुन्थ्याे’ विकले भने । ‘जेल जिवनबाट छुटकारा भई गाउँ समाजमा सिपलाई सदुपयाेग गरि स्वराेजगार बन्ने माैका मिलेकाे छ’ ।

यस्तै, साेहि तालिममा सहभागी दाङ राजपुरका बुद्वि विकास कुमालकाे  पनि घर जादा सिपकाे माध्यमबाट  परिवार पाल्ने चाहना छ । अहिले पनि कच्चा पदार्थ सहयाेग गरि उत्पादित सामग्रिकाे बजारिकरण हुन सके थाेरै भएपनि सहज हुने उनी बताउछन् । यी दुई उदाहरणका पात्र हुन् । उनिहरु जस्ता सयाैं बन्दिहरुले विभिन्न सिपमुलक माध्यमबाट आयआर्जन गर्न चाहन्छन् । कारागारमा रहदा समय ब्यतित गर्न सहज पनि हुने र सिपकाे  विकास हुने भएकाे हुदा यश प्रति उनिहरुकाे आकर्षण हुने गर्दछ ।  तर तालिमबाट सिकेकाे सिपलाई निरन्तरता दिदै बजारिकरणमा सहयाेग हुनुपर्नेमा उनिहरुकाे  जाेड छ ।

तालिम अवधिभर बनाइएकाे सामग्रिकाे मूल्य निर्धारण गरि बजारिकरण गर्ने ग्रीन फाउण्डेसन नेपाल दाङका सचिव सुरेश रावतले बताए । त्यसले थाेरै भएपनि बन्दिहरुलाई आर्थिक सहयाेग हुने उनले बताए । साथै कच्चा पदार्थ उपलव्ध गराई सीप सिक्न अभिप्रेरित गरि बजारिकरण गर्ने उनले बताएका छन ।

यसैविच पुस १२ गतेबाट सुरु भएकाे तालिमकाे आज समापन गरिएकाे छ । कारागार कार्यालयकि प्रमुख जेलर रम्भा केसिकाे अध्यक्षता तथा ग्रीन फाउण्डेसन नेपालका अध्यक्ष घनश्याम पाण्डेकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे । समापन अवसरमा बाेल्दै प्रमुख अतिथि पाण्डेले कारागारमा सिकेकाे सिपले घरमा जादा आय आर्जन गर्न महत्व राख्ने बताएका थिए । उनले सिपकाे माध्यमबाट उद्दमशिलताकाे विकास गर्ने समेत बताए ।

समापन कार्यक्रममा तुलसीपुर ३ का अध्यक्ष विर बहादुर विक,राप्ती शान्ति उद्दानका अध्यक्ष डिल्ली भण्डारी लगायतले बाेलेकाे थिए । कारागारका श्वास्थ्य प्रमुख  द्राेण वलिकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सहजिकरण ग्रीन फाउण्डेसन नेपालका कर्मचारी सिएम विश्वकर्माले गरेका थिए ।  १६ जना सहभागि तालिमकाे प्रशिक्षकमा उर्मिला चाैधरि रहेकि थिईन् ।

तपाईंको प्रतिक्रिया