एमालेका देवराज घिमिरे प्रतिनिधि सभाको सभामुखमा निर्वाचित

 माघ ०५, २०७९

काठमाडौं । नेकपा एमालेका सांसद देवराज घिमिरे प्रतिनिधि सभाको सभामुख निर्वाचित भएका छन् । आज बिहीबार प्रतिनिधि सभामा भएको मतदान प्रक्रियाबाट घिमिरे सभामुख निर्वाचित भएका हुन् ।

२७५ सदस्य रहेको प्रतिनिधि सभामा सभामुख निर्वाचित हुन १३८ मत चाहिनेमा घिमिरेले १६७ मत प्राप्त गरेका छन् । सभामुखका लागि गठबन्धनबाट एमालेका देवराज घिमिरे र विपक्षी दल कांग्रेसबाट ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दर्ता गरेका थिए ।

तपाईंको प्रतिक्रिया