‘सहकारीकाे माध्यमबाट उद्यमशिलता विकास गर्न सकिनेमा जाेड’

 माघ ०८, २०७९

तुलसीपुर ।  तुलसीपुरमा हरित अर्थतन्त्र उद्यमशिलता बिकास र समृद्धिमा सहकारीहरुको भुमिका विषयकमा अन्तरक्रिया कार्यक्रम  भएको छ । ग्रीन फाउण्डेशन नेपाल दाङ शाखाको आयोजना तथा एफ.एफ.एफ.को  सहयोगमा कार्यक्रम भएको हाे ।

ग्रीन फाउण्डेशन नेपाल दाङका अध्यक्ष बिष्णु बहादुर केसीको अध्यक्षता एवं तुलसीपुर  उपमहानगरपालिका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यता तथा ग्रीन फाउन्डेसन नेपालका केन्द्रिय अध्यक्ष  घनश्याम पाण्डेको बिशिस्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।  कार्यक्रममा बाेल्दै नगर प्रमुख खड्काले उत्पादनशील भन्दा पनि अनुत्पादक काममा लाग्दा गरिबी र निराशा बढ्दै गएको बताउँदै  आर्थिक अवस्थामा सुधार ल्याउन केहि न केहि गर्नै पर्ने बताएका थिए  ।

जिल्ला वचत तथा ऋण सहकारी संघ दाङका निवर्तमान अध्यक्ष रुप बहादुर खत्रीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा विषयवस्तु माथी प्रशिक्षण संस्थाका केन्द्रिय अध्यक्ष  घनश्याम पाण्डेले दिएका थिए । उनले समृद्धिकाे लागि सहकारी सङ्गै उद्यमशिलतामा जाेडिनु आवस्यक रहेको बताएका थिए ।

जिल्ला  सचीव सुरेश कुमार रावतले कार्यक्रमको उद्देश्य माथी प्रकाश पारेका थिए  सहजिकरण काेषाध्यक्ष केपि भण्डारीले गरेका थिए ।  कार्यक्रममा विभिन्न सहकारीमा आवद्ध  ६० जना भन्दा बढीको सहभागीता रहेको थियोे ।

तपाईंको प्रतिक्रिया