पत्नी र छोरालाई आगो लगाएर फरार

 माघ १५, २०७९

नेपालगन्ज ।  बाँकेको कोहपलुर नगरपालिका-१, शक्तिनगरमा पतिले पत्नी र छोरा छोरालाई पेट्रोल छर्किएर आगो लगाएका छन् । आइतबार ६ बजेतिर घरमा घरायसी झगडा भएपछि पति भानुभक्त बिकले पत्नी गंगा र दुई वर्षीय छोरा प्रिन्सलाई पेट्रोल छर्किएर आगो लगाएको इलाका प्रहरी कार्यालयलका डिएसपी एनबहादुर मल्ले बताए । आपसी मनमुटावमा आगो लगाएको प्रारम्भिक अनुसन्धानमा देखिएकाे र थप अनुसन्धान भईरहुकाे ऐनबहादुर मल्ले बताए । भानुभक्त घटनापछि फरार छन् खोजी कार्य जारी छ । घाइते गंगा र प्रिन्सलाई नेपालगन्ज मेडिकल कलेजमा उपचारमा राखिएको छ । प्रिन्सको भने स्वास्थ्य अवस्था जटिल रहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया